यस सजिलो अनलाईन प्रा लि ले आयोजना गर्न लागिरहेको फोटो कन्टेस्ट योजनामा सहभागीता जनाउनु हुनकालागी समस्त सजिलो मेम्बरहरूलाई सुचित गर्दछ । यस योजनामा सहभागी बन्नकालागी आफ्नो नाम, ठेगाना, संपर्क नम्बर, हब्बी, फोटोहरू तथा सजिलो मेम्बरशीप नम्बर यही मिती २०७५ साल असार मसान्त भित्रमा उपलब्ध गराउन पर्नेछ । सजिलो मेम्बर्शिप नलिएकाहरूले भने यस योजनामा भाग लिन पाउनेछैनन । योजनामा सहभागी बन्न अन्य कुनै पनि प्रकारका शुल्क भने लाग्नेछैन । यस योजनामा २५ जनालाई भाग्यसाली मेम्बरलाई पुरस्क्रित गरिनेछ । जस अन्तर्गत प्रथम पुरस्कार : २५,०००, दोस्रो पुरस्कार २०,०००, तेस्रो पुरस्कार १५,०००, चौथो पुरस्कार १०,००० र पाचौ पुरस्कार ५,००० रहनेछ भने टप २५ मा पर्न सफल अन्य २० जनालाई पनि आकर्सक गिफ्ट ह्यापर प्रदान गरिनेछ । यसका साथै प्रमाणपत्र, सजिलो डिस्काउण्ट कुपन, फ्री फोटो शूट, जब अफर, फेसन एण्ड ब्यूटी टिप्स क्लास, पनि प्रदान गरिनेछ । सम्पूर्ण सहभागीहरूकालागी सजिलो अन्लाईन सँग सहकार्य गरीरहेका प्रतिष्ठित अस्पातलमा निशुल्क स्वास्थ्य पारीक्षण कुपन प्रदान गरिनेछ । टप ५ लाई प्रदान गरिने पुरस्कार राशी सजिलो ब्यालेन्स अन्तर्गत गरिनेछ । जसलाई सजिलो अन्लाईनको नियमानुसार त्यतिनै रूपया मुल्य बराबर खर्च गर्न सकिनेछ । सम्पूर्ण प्रतियोगीहरूलाई निशुल्क रूपमा सजिलो अन्लाईनको अफिसियल वेबसाईट भित्र निशुल्क रूपमा आफ्नो पोर्टफोलियो बनाउने स्पेस दिईनेछ । प्रतियोगीहरूको फोटो सहित विवरणको पोर्टफोलियो तयार गरी पब्लिस गरिनेछ । जसलाई फेस्बूक लगायत अन्य सामाजिक सन्जालहरूमा शेयर गरिनेछ । ततपश्चात तपाईं पनि आफ्नो पोर्टफोलियो शेयर गर्न सक्नुहुनेछ । जसको पोर्टफोलियोमा धेरै भ्यू र फोटोहरूमा रिभ्यू, कमेन्ट हुनेछ उसैलाई बिजेता घोसित गरिनेछ । प्राप्त पुरस्कार रकम सजिलो ब्यालेन्सका रूपमा बिजेताको पोर्टफोलियोमै रहेनेछ । जसलाई सजिलो अनलाईनको सजिलो ब्यालेन्स प्रयोग नियम अनुसार सजिलो अन्लाईन मा सपिङ् गर्न, तथा सजिलो डाईरेक्टरिमा समाबेश कुनैपनी संघ संस्था तथा ब्यापार ब्यवसायमा भुक्तानी गर्न प्रयोग गर्न सकिनेछ ।
थप जानकारीका लागि संपर्क: ९८०२७३७९९७ फोटो पठाउनका लागि : photocontest@sajiloonline.com

Cart

No products in the cart.